नीवा राना/धनगढी: कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित मनेहरा स्पोर्ट्स क्लबको आयोजनामा विजयादशमीको उपलक्ष्यमा वडा स्तरीय भलिबल प्रतियोगिता असोज २० गते प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा धनगढी-A टीम बिजेता र घुइयाघाट-B टिम उप-बिजेता भएको छ । खेलमा क्रमशः प्रथम पुरस्कार नगद रु. १५ हजार सहित प्रमाणपत्र र , दृतिय पुरस्कार रु ७ हजार सहित प्रमाणपत्र दिएका हुन । खेलमा १६ वटा टिम सहभागीता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिका वडा नं.-७ का वडा अध्यक्ष मोति रानाले खेलकुद क्षेत्रमा वडाबाट बजेट छुट्याइएको बताए । अगामी दिनमा पनि वडाबाट सहयोग गर्ने प्रतिबद्धता गरेका हुन।
प्रतियोगितामा सहयोगी संघ संस्था तथा ब्यक्तिहरुलाई सम्मान गरेका थिए ।
प्रतियोगितालाई सम्पन्न गराउनको लागि सम्पुर्ण सहयोगीलाई धन्यवाद व्यक्त गरेका थिए । भलिबल प्रतियोगितालाई निरन्तरता दिने भनेर मनेहरा स्पोर्ट्स क्लबका अध्यक्ष रुपक चौधरीले बताएका हुन ।