ईटाहा सामुदायीक वनको १० औं वार्षिक साधारण सभा सम्पन्न

१६ आश्विन २०८०, मंगलवार
ईटाहा सामुदायीक वनको १० औं वार्षिक साधारण सभा सम्पन्न

नरेश राना/कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं ४ र शुक्लाफाटा नगरपालिका वार्ड नं १२ मा रहेको ईटाहा सामुदायीक वन उपभोक्ता समूहको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। ईटाहा सामुदायीक वन उपभोक्ता समूहको अध्यक्ष वचन सिंह रानाको सभाध्यक्ष मा सो साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना रहनु भएको कार्यक्रममा विशिष्ठ अतिथि लालझाडी गाउँपालिकाकी उपाध्यक्ष सपना चौधरी राना, इलाका वन का प्रतिनिधि, CFCC कञ्चनपुरका उपाध्यक्ष नरेश भट्ट, अतिथिमा विभिन्न राजनीतिक दल का प्रतिनिधि, विभिन्न सामुदायीक वनका अध्यक्ष, संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो। कार्यक्रममा आय व्यय समूह का सचिव भरत चौधरीले प्रस्तुत गर्नु भएको थियो।जसमा आ. व.२०७९/८० को कारोबार ८ लाख १० हजार ७ सय ४२ रुपैयाँ बराबरको कारोबार भएको थियो। कार्यक्रम मा विभिन्न सांस्कृतिक कार्यक्रम सहित साधारण सभा सम्पन्न गरिएको थियो।


साधारण सभा लालझाडी ४ मा रहेको जनचेतना आधारभूत विद्यालयको प्राङ्गण मा सम्पन्न भएको थियो भने सो साधारण सभा मा शुक्लाफाँटा १२ र लालझाडी ४ का उपभोक्ता सदस्यहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम सामुदायीक वनका लेखा सदस्य जय राम महरले सञ्चालन गर्नु भएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio