लालझाडी ४ डाङगा जाईमा आधारभूत स्वास्थ सेवा केन्द्रको उद्दघाटन

१४ आश्विन २०८०, आईतवार
लालझाडी ४ डाङगा जाईमा आधारभूत स्वास्थ सेवा केन्द्रको उद्दघाटन

नरेश राना/कञ्चनपुरः लालझाडी गाउँपालिका वडा नं. ४ डाङाजाई मा आज एक औपचारिक कार्यक्रमका बीच आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ।

उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चाैधरी, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, वडा नं ४ का वडा अध्यक्ष बहादुर राना, वडा सदस्यहरु, स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चा‌ैधरी, स्वास्थ्य शाखा उप-प्रमुख दसरथ राना, स्वास्थ्यकर्मी लगायत आम जनसमुदायहरुको उपस्थिति रहेको थियो।

लालझाडी गाउँपालिका ४ का आम सर्वसाधारण जनताको घर आगनमा स्वास्थ्य सेवा पुर्याउने चुनावी वाचा अनुसार डाङाजाईमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको आज उद्घाटन गरिएको साथै आजैबाट विशेषज्ञ स्वास्थ्यकर्मीको टोलीले गर्भवती महिलाहरुको स्वास्थ्य चेकजाँच र ओ.पि.डी सेवा सुरु भएको पालिका अध्यक्ष निर्मल रानाले बताएका छन्।

त्यस्तै लालझाडीमा हरेक वडामा रहेका स्वास्थ्य केन्द्रहरुमा निशुल्क ल्याव सेवा, निशुल्क ओ.पि.डी, निशुल्क सुत्केरी महिलालाई एम्बुलेन्स सेवा उपलब्ध रहेको र १० सैयाको पालिका अस्पताल निर्माणकार्य सम्पन्नको अन्तिम चरणमा रहेको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले बताए।

विगतमा लालझाडी-४ डाङाजाइका जनताहरुलाई स्वास्थ्य चेकजाँच गराउन झोलुङ्गे पुल तरेर सिकलपट्टीजाइ जानू पर्ने बाध्यता थियो। घरगाउमै आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन भएसंगै अबदेखी दक्ष चिकित्सकहरुको टिमले जनताको स्वास्थ्य चेकजाँच गर्ने छ। बिदाको दिन बाहेक हरेक दिन ओ.पि.डी सेवा सञ्चालनमा रहनेछ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio