नरेश राना/कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं ४ सिकलपट्टि जाई मा रहेको श्री नव दुर्गा सामुदायीक बन् उपभोक्ता समितिको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभा मा सामुदायीक वन उपभोक्ता समूह को अध्यक्ष इन्द्रजीत रानाको सभा अध्यक्षमा सो कार्यक्रम सम्पन्न भएको थियो।साधारण सभामा प्रमुख अतिथि लालझाडी गाउँपालिकाका वार्ड ४ का वार्ड अध्यक्ष बहादुर राना रहनु भएको थियो भने विशिष्ट अतिथि CFCC कञ्चनपुरका उपाअध्यक्ष नरेश भट्ट रहनु भएको थियो।
प्रमुख अतिथिले बन् सामुदायीक सञ्चालनको निम्ति काठ काटेर फाइदा लिने सोच बनायो भने प्रगति हुँदैन त्यसको लागि विभिन्न किसिमका कृयाकलाप गरेर जस्तै बास, डाले घाँस,अरु अन्य क्रियाकलाप गरेर समुदायलाई प्रगति गर्न सकिन्छ। साधारण सभाको आय व्यय प्रस्तुत सामुदायीक बन् का सचिव पदम सिंह कार्कीले प्रस्तुत गरेका थिए। जसमा आ. ब.२०७९/८० को जम्मा २ लाख ९७ हजार ८९९ गरी प्रस्तुत गरिएको थियो।
उक्त कार्यक्रमलाई सञ्चालन सामुदायीक वन लेखा संयोजक तीर्थ राज भाटले गर्नु भएको थियो।
आजको साधारण सभा बाट बन्द सत्र यही महिनाको १५ गते गर्ने गरी त्यी बन्द सत्र बाट नयाँ कार्यसमिति गठन गरिने अध्यक्ष इन्द्रजीत रानाले जानकारी गराउनु भएको थियो।