नरेश राना/कञ्चनपुर: बेलडाँडीमा चलिएरको ‘बेलडाँडी सुपर डान्सर’को औपचारिक उदघाटन आज एक कार्यक्रमका विच शुरु गरिएको छ । नृत्यप्रेमी युवा तथा बालबालिकाप्रति लक्षित गरी ‘बेलडाँडी सुपर डान्सर’ आयोजना गरिएको हो।
विभिन्न मनोरञ्जनात्मक कार्यक्रम उत्पादन, बजारीकरण र प्रसारण गर्दै आएको न्यु आराधना कला मन्दिरले बालबालिका तथा युवाको प्रतिभा प्रदर्शन गराउने लक्ष्य राखेर प्रतियोगिता गरेको हो ।
बेलडाँडी पुरै लगायत बेलौरीका ८,९ र १० वडाबाट प्रारम्भिक अडिसनमार्फत ५८ जना छनौट गरि आज देखि औपचारिक रुपमा पुनः प्रतियोगि छनौट चलेको कार्यक्रमका संचालनक आर के कमल टामटाले जानकारी गराउनु भयो ।
बेलडाँडी २ खप्रेश्वर मन्दिरको हलमा आज पालिका अध्यक्ष हरिशचन्द्र रानाले उदघाटन गर्दै कलासंस्कृतिको जर्गेना गर्नेमा पालिका लागि पर्ने बताए । सुदूरपश्चिममा अहिले सम्म नभएको प्रतियोगिता गर्न आट गर्ने भाइहरुलाई धन्ववाद दिदै शुभकामना दिनु भयो ।
प्रारम्भिक छनोटबाट छानिएका प्रतिभालाई अव जजहरु माफर्त छनौट गरिने जनाइएको छ । ३ जना विशेष प्रशिक्षक सुपर गुरुहरुले प्रतिभालाई छनौट गर्ने छन् । आर के कमल टमटा, पुुनम चन्द साउद र भुपेन्द्र रानाले जज गर्ने जनाइएको छ ।