एसईई आईडल 3 सुरु आज २ अडिसन सम्पन्न

१२ आश्विन २०८०, शुक्रबार
एसईई आईडल 3 सुरु आज २ अडिसन सम्पन्न

धनगढी । प्रभात मिडिया एण्ड ईभेन्ट प्रा लिले हरेक बर्ष आयोजना गर्ने नृत्य र गायन विधाको सुप प्रदेश स्तरीय कार्यक्रम एसईई आईडलको तेस्रो संस्कारण आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । धनगढी बोराडाँडीमा रहेको अक्सफोर्ड मा. वि. मा आयोजित उद्घाटन कार्यक्रम तथा पहिलो अडिसनमा प्रमुख अतिथि सुप प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टि.एन.जोशीले कला र संस्कृतिको प्रबर्द्धनका लागि यस्ता प्रकारका कार्यक्रम आवश्यक रहेको बताए ।

कार्यक्रममा सुप कला प्रतिष्ठानका अध्यक्ष अम्बिका आचार्य, सुप एकेडेमीका क्याम्पस प्रमुख योगराज उपाध्याय र कैलाली मोडेल स्कूलका प्राचार्य तपेन्द्र सिंह लगायतले मन्तव्य राख्नुभएको थियो । अडिसन आयोजक विद्यालयका प्र.अ. ल‍ोकराज पन्तले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रमको सभापतित्व प्रभात मिडियाका अध्यक्ष प्रकाश बहादुर छेडालले गरेका थिए भने कार्यक्रम संचालन एसईई आईडल ३का संयोजक गुणाकर पनेरु र अनिता धामिले गरेका थिए ।

उद्घाटन कार्यक्रमसँगै अक्सफोर्ड स्कुलमै पहिलो अडिसन पनि सम्पन्न भएको छ । पहिलो अडिसनमा नृत्यमा ४ र गायनमा ३ गरि ७ जना प्रतिस्पर्धीले आफ्नो प्रतिभा पस्किए । यसै आजै धनगढी विशाल नगरको कोविदा ईन्टरनेशनल स्कूलमा सम्पन्न दोस्रो अडिसनमा २ नृत्य र २ गायन गरि ४ प्रतिस्पर्धी सहभागी भए । यस्ता प्रकारका कार्यक्रम विद्यार्थीका लागि निरन्तर आवश्यक रहेको कुरा दोस्रो अडिसन आयोजक कोविदा ईन्टरनेशनल स्कूलका प्राचार्य पुष्कर राज पाण्डले बताए ।

सुपका ९ जिल्लाका २५ बढी स्थानहरुमा आयोजना अडिसनहरुमा यस वर्ष एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् । असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८० बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरुले २०८० असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।

फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमश: रु. ५०-५० हजार र रु. २५-२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् । थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio