कृषक दिवस लालझाडीमा सम्पन्न

१२ आश्विन २०८०, शुक्रबार
कृषक दिवस लालझाडीमा सम्पन्न

नरेश राना/कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं ३ अनमोल सहकारी संस्थाको प्राङ्गणमा भएको कृषक दिवस मा सभापति निबादा राना रहनु भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि वार्ड नं ३ का वार्ड सदस्य रामसिंह चौधरी, विशिष्ठ अतिथि लालझाडी गाउँपालिका का कृषि शाखा प्रमुख दशरथ साउद, अतिथि लालझाडी गाउँपालिका का पशु शाखाका दीपक भट्ट रहनु भएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य रामबेटी बड़ाएक दिनु भएको थियो। कृषक पाठशाला दिवस मा दुई पाठशाला समूह कोपिला बीउ उत्पादन कृषक पाठशाला तथा पूर्णिमा विउ उत्पादन पाठशालाले कृषक दिवस सम्पन्न गरेको थियो।


कार्यक्रममा दुवै विउ उत्पादन कृषक पाठशाला मा लाल अन्दी र सुख्खा ३ को विउ उत्पादन तथा बजारीकरण कृषक पाठशाला दिवस मा किसान हरुले आफूले यस पाठशालामा मा बजार व्यवस्थापन सम्बन्धी लगाउने तरिका र कृषि कार्यकम अवधि भरी पर्दशन गर्ने दिन हो र रातो अन्दि र यो पाठशाला बाट आफूले विउ उत्पादन गर्ने छ । केही किसानले उत्पादन बढाई आय – आर्जन गरिरहेका ली – वार्ड कृषि प्रवाधिक लक्ष्मी परियारले बताउनु भएको थियो।
ली वार्ड संस्था अक्सफान नेपाल द्वारा संचालित अनमोल कृषि सहकारी संस्थाको स्रोत विउ ३ कट्टामा रातो अन्डी ५ कठामा स्रोत बीउ राखेको अनमोल कृषि सहकारी का अध्यक्ष आशाराम चौधरीले जानकारी गर्नु भएको थियो। बीउ उत्पादन गरेर आय आर्जन गर्न किसान एक दम हर्षित भएका छन्।

ली – वार्ड संस्थाले हाम्रो वार्ड मा विउ उत्पादन देखि लिएर विभिन्न कृषि सम्बन्धी कार्यमा सहयोग गरिरहेको वार्ड नं ३ का वार्ड सदस्य मोहन सिंह वडाएकले बताउनु भएको थियो। विशिष्ट अतिथि लालझाडी गाउँपालिका का कृषि शाखा प्रमुख दसरथ साउदले यस ली – वार्ड संस्था, आक्सफान नेपालले जुन किसिमले यहाँ का जनतालाई सहयोग गरी राख्नु भएको छ त्यस्तै किसिमले हामी कृषि शाखा बाट हुने सहयोग पूर्ण रूपले गर्ने बताए। कार्यक्रम कोपिला विउ उत्पादन कृषि पाठशालाका सदस्य रोहित सिंह वडाएकले सञ्चालन गर्नु भएको थियो।

Wedding Story advertisement Of Jems Movies & Photo Studio