आज देशभर राष्ट्रिय बाल दिवस मनाउदै

२९ भाद्र २०८०, शुक्रबार
आज देशभर राष्ट्रिय बाल दिवस मनाउदै

नरेश राना/कञ्चनपुर: ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी ’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ ।

दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी गरेका छन् ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio