जुगेडा कप २०८० भलिबल प्रतियोगिता सुरु

२६ भाद्र २०८०, मंगलवार
जुगेडा कप २०८० भलिबल प्रतियोगिता सुरु

धनगढीः धनगढीमा नेपाल र भारतका टीमबीच प्रतिस्पर्धा हुने जुगेडा कप भलिबल प्रतियोगिता सुरु भएको छ। धनगढी १० जुगेडामा मंगलबार धनगढीकी उपप्रमुख कन्दकला कुमारी रानाले प्रतियोगिताको उद्घाटन गरिन्।

उक्त कार्यक्रममा विशिष्ठ अतिथि धनगढी उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष शिव कुमार राना र वडा नं. ७ का वडा अध्यक्ष मोती राना रहनु भएको थियो ।

सास्कृतिक र खेल पर्यटनको विकासका साथै खेलाडी उत्पादन गर्ने उद्देश्य राखी हरेक बर्ष यो प्रतियोगिता हुने गरेको छ। संयुक्त राना जनचेतना परिवारको आयोजनामा भदौ २६ गतेदेखि ३० गतेसम्म सो भलिबल प्रतियोगिता संचालन हुने छ। प्रतियोगितामा प्रथम पुरस्कार १ लाख, दोस्रो पुरस्कार ५५ हजार, तेस्रो पुरस्कार ३० हजार र चौथो पुरस्कार १६ हजार रहेको आयोजक संस्थाका अध्यक्ष रबि रानाले बताए।

गत वर्षको भलिबल प्रतियोगितामा भारतको खटिमाको टीम प्रथम भएको थियो। उनले यस बर्ष नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल आर्मीका खेलाडीहरु लगायत नेपालका स्थानीय क्लब तथा टीम सहभागि रहेको जानकारी दिए। पहिलो दिन मंगलबार पाँचओटा खेल हुनेछन्। कार्यक्रममा बोल्दै उपप्रमुख कन्दकला कुमारी रानाले उपमहानगरपालिकाले वडा स्तरमा आयोजना हुने खेलकुदलाई प्रोत्साहन गर्ने बताइन्।

Wedding Story advertisement Of Jems Movies & Photo Studio