संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२६ भाद्र २०८०, मंगलवार
संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं: संविधानसभा अध्यक्ष एवं नेकपा ९एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।

निवासमै हृदयघात भएर उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लानेक्रममा बाटोमै निधन भएको उपचारमा संलग्न चिकित्सकलाई उद्धत गर्दै एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,  एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता नेम्वाङको निधन भएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् । २००९ साल फागुन २८ गते मा इलामको सुन्तलाबारीमा जन्मिएका नेम्वाङ सरल र बौद्धिक राजनीतिज्ञका रुपमा परिचित थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio