नरेश राना/कञ्चनपुरः खेल जगतको संरक्षण र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रत्येक वर्ष सञ्चालन हुने चाँदी कप फुटबल प्रतियोगिता यस वर्षपनि आयोजना गर्न लागिएको छ ।
पुनर्वास नगरपालिका–७ स्थित शिदार्थ युवा क्लबको शनिबार बसेको समितिको बैठकले १३ औं संस्करण रनिङ चाँदिकप खुल्ला पुरुष फुटबल प्रतियोगिता असोज २० गतेदेखि सञ्चालन हुन लागेको हो ।
प्रतियोगिता एक लाख ७१ हजार एक सय एघार रुपैयाँ प्रथम पुरस्कार र ८६ हजार एक सय एघार रुपैयाँ द्धितिय पुरस्कार राखिएको क्लबका अध्यक्ष बिरबहादुर तामाले जानकारी दिए ।