नरेश राना/कञ्चनपुर: नेकपा माओवादी केन्द्रले ल्याएको ‘जनतासंग माओवादी अभियान’ अन्र्तरगत सुदूरपश्चिम प्रदेशका गाँउबस्तीमा माओवादी अभियान पुगेको छ ।
१६ भदौँदेखि शुरु भएको माओवादीको अभियान सुदूरपश्चिम प्रदेशका गाँउबस्तीमा माओवादी अभियान पुगेको हो । नेकपा (माओवादी केन्द्र)का सचिव तथा सुदूरपशिचम प्रदेशका इन्चार्ज डिलाराम आचार्यले माओवादीहरु रुपान्तरण हुन तीन महिने अभियान संचालन गरिएको बताए ।
उनले जनताभन्दा माओवादी नेता कार्यकर्तामा रुपान्तरणको आवश्यकता भएको महशुस गरेर अभियानमार्फत जनतामा फर्केको बताए ।
मंगलबार धनगढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै आचार्यले भने, “जनता बिग्रेका छैनन् । खुला राजनीतिमा आएसँगै हामी नेता कार्यकर्तामा फोहोर मैला लागेको छ । त्यो फखाल्न जनतामा फर्केका हौं ।”
आचार्यले अहिलेको राजनीतिक उपलब्धी आफ्नो पार्टीकै नेतृत्वमा प्राप्त भएको बताउँदै त्यसको पुष्टि पहिलो संविधानसभामा पार्टीको पक्षमा व्यक्त भएको जनतमले पुष्टिल गरेको बताए ।
माओवादीप्रतिको विश्वास गुम्नु अस्वीकार नभएको बताउँदै आचार्यले भने, “माओवादीको जनताको विश्वास गुम्नुको मुख्यकारण जनताले हाम्रो पार्टीलाई अस्वीकार गरेको होइन, हामी भित्रको टुटफुट र विभाजन भएको नै हो । एकीकृत चार टुक्रामा विभाजित हुँदा आउने परिणाम यस्तै हुन्थ्यो ।”
आफूहरुले गम्भीर समिक्षा गरेर फेरि समाजवादी आन्दोलनको नेतृत्व गर्ने परी नेता कार्यकर्ताले प्रतिवद्धता जाहेर गरेर जनतामा फर्केको बताए । आचार्यले ‘जनतासँग माओवादी, विशेष रुपमान्तण’ तीन महिने अभियानमा सुदूरपश्चि प्रदेशमा ७९ वटा अभियान टोली खटिएको बताए ।
सुदूरपश्चिमका ८८ स्थानीय तह र ७३४ वडामा झण्डै डेढ हजार बढि एक हजार ५सय ८० नेता कार्यकर्ता खटिएको समेत बताए ।
अभियान टोलीले पहिलो चरणका कार्यक्रम चलिरहेको बताउँदै सचिव आचार्यले तीन महिनापछि गाउँसम्मको पार्टी र जनताको आवस्थाको बिस्तृत प्रतिवेदन आउने र त्यसपछि आर्थिक, सामाजिक, शैक्षिक, विकास निर्माणलगायतका जनताको जीवनसँग प्रत्यक्ष जोडिएका समस्यालाई कसरी समाधान गर्ने योजना पार्टीले बनाउने बताए ।
थुप्रै जटिला र कठिनाइका साथ पार्टीले ठूलो जनशक्ति दूरदराजका बस्तीमा केन्द्रीत गरेको बताउँदै आचार्यले पार्टी रुपान्तरण हुने अभियानमा सबैले सहयोग र समर्थन गर्न पनि आग्रह गरे ।
एक अर्को प्रसंगमा आचार्यले सुदूरपश्चिम आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, भाषिक, भौगोलिक तथा उब्जाउ जमिन र जातीय हिसाबमा पछि नपर्नुपर्ने भएपनि गरिबी, बिपन्नता, बेरोजगारीलगायतका क्षेत्रमा गम्भीर समस्या पैदा भएको बताउँदै त्यसबाट मुक्त गर्नेगरी पार्टीले संघ र प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्न बताए ।
अभियानसंगै माओवादी केन्द्रको थप जनतासंग सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ ।