शुक्रराज राना/बेलौरी: कञ्चनपुरको बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीलाई पितृशोक परेको छ । बेलौरी नगर प्रमुख चौधरीलाई पितृ शोक परेको हो ।
मंगलबार साँझ घरमा बुवा जनक लाल चौधरीलाई नुहाउने बेला करेन्ट लागेपछि उपचारका क्रममा धनगढी स्थित निसर्ग हस्पिटलमा गएराती निधन भएको हो ।
मेयर चौधरीका आफन्त अमर चौधरीले करेन्ट लागेर घाईते भएका जनक लालको उपचारकै क्रममा निधन भएको बताए ।
पितृशोक परेका मेयर चौधरीको परिवार यतिबेला शोकमा डुवेको छ । ७२ वर्षीय मृतक बुवा जनक लाल चौधरीका दुई छोरा र एक छोरी रहेका छन् ।
अहिले बिहान १० बजे आफ्नै निवास रामनगर देखि भकुण्डा आर्यघाट शवयात्रा तय गरिएको आफन्त अमर चौधरीले बताए ।