हुलाकी सडक खण्ड जिणबन्दा गयो बेलडाँडीका होनहार युवाको ज्यान

१२ भाद्र २०८०, मंगलवार
हुलाकी सडक खण्ड जिणबन्दा गयो बेलडाँडीका होनहार युवाको ज्यान

नरेश राना/कञ्चनपुर: हुलाकी सडक खण्डको अवस्था जिण वन्दा समेत निर्माण कम्पनीले ध्यान नदिइदिदा बेलडाँडीका एक होनहार युवाले अकालमै ज्यान गुमाउनु परेको छ ।

बेलडाँडी बजार देखि झण्डै ५ सय मिटर पुर्व हुलाकी सडक खण्डको अवस्था जिण बन्दा सोही खाल्डोमा मोटरसाईकल लडेर बेलडाँडी १ राधाकृष्ण मन्दिर टोलका अन्दाजी २५ बर्षिया सुनिल सार्की गम्भिर घाइते भइ उपचारका लागि महेन्द्रनगर लैजाने क्रममा बाटैमा ज्यान गएको अस्पता श्रोतले जनाएको छ ।

खाल्डोका कारण मोटरसाइकल अनियन्त्रित हुदा दुर्घटना भएको प्रत्यक्षदर्शी बताउछन् । आज दिउँसो घर देखि बेलडाँडी बजार समान किन्न हिडेका सुनिल सधैका लागि नफर्किने गरि हिडेका छन् ।

आफैले चालाएको सु.प.प्र. ००३प ७२११ नं.को मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा गम्भिर घाइते भएका सुनिल हुलाकी सडक खण्ड निर्माण ठकेदारका कारण अकालमै ज्यान गुमाउनु परेको स्थानीयको भनाइ छ ।

अहिले पोष्टमार्टमका लागि उनको सब महाकाली अस्पतालको लासघरमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटना कसरी भएको हो यस विषयमा प्रहरीले थप अनुसन्धान चालेको छ ।

सामाजिक संञ्जालमा स्थानीय सरकार र ठेकेदारको चर्को आलोचना भइरहेको छ । उक्त सडक निर्माणको जिम्मा पाएका ठेकेदार नेपाली काँग्रेस डडेल्धुरा जिल्ला सभापति भीम साउद हुन् भने यता स्थानीय सरकारको नेतृत्व समेत नेपाली काँग्रेसले गरेको छ ।

सात्ता बाहिर छदा नफिजाएको ग्रावेलमा लडेर घाइते भएको भन्दै तत्कालीन समयमा गाउँपालिका ताला लगाने जानेहरु आफै सत्तामा हुदा लाज पचाएर बस्दा स्थानीय आक्रोशित बनेका छन् ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio