बेलाैरी ९ मा सर्पको टोकाईबाट एक वृद्धा महिलाको मृत्यु

१० भाद्र २०८०, आईतवार
बेलाैरी ९ मा सर्पको टोकाईबाट एक वृद्धा महिलाको मृत्यु

नरेश राना/कञ्चनपुर: कञ्चनपुरको बेलाैरीमा सर्पको टोकाईका कारण एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलाैरी नगरपालिका–९ निवासी ९२ वर्षीय अनिफुल राना रहेका छन् । उहाँलाई आज दिउँसो घरमै खटियामा पल्टेका बेला विषालु सर्पले डसेको छिमेकीले बताएका छन् ।


छिमेकीका अनुसार खटियामा पल्टिएका बेला हातको ओलामा मुसाले टोके जसरी टोकेको हुदा सर्पले हो भन्ने विश्वास नरहेकाले अस्पताल ढिला पुर्याउदा अस्पतालमै मृत्यु भएको जनाए ।


बेलडाँडी स्वास्थ्य केन्द्रका डक्टर रबी रोकायाका अनुसार सर्पले टोक्दा अस्पताल लग्नु पर्छ भन्ने अझै आम नागरिकमा चेतना नभएका कारण बिरामीको ज्यान जाने गरेको बताए ।


उनका अनुसार समयमै यहाँ पुर्याएको भए ज्यान जोगाउन सकिने वहाँले जनाउनु भयो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio