कञ्चनपुरका छुट्टाछुट्टै स्थानबाट लागूऔषध खैरो हेरोईन सहित तीन जना पक्राउ

७ भाद्र २०८०, बिहीबार
कञ्चनपुरका छुट्टाछुट्टै स्थानबाट लागूऔषध खैरो हेरोईन सहित तीन जना पक्राउ

कञ्चनपुर: कञ्चनपुरका छुट्टाछुट्टै स्थानबाट लागूऔषध खैरो हेरोईन सहित तीन जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका वडा नम्बर ६ हात्तीबोझाबाट ३ दशमलव ३० ग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलालीको गौरीगंगा नगरपालिका-४ खुरखुरिया बस्ने २४ वर्षीय दिपक साउँद र धनगढी उपमहानगरपालिका-७ देवहरिया बस्ने २३ वर्षीय रेशम राना रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००८ प ४०२९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी कञ्चनपुर भीमदत्त नगरपालिका-१० पशुपति टोलबाट १ दशमलव ८३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित डडेल्धुराको गन्यापधुरा गाउँपालिका-६ घर भएका २३ वर्षीय प्रकाश नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दुवै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio