सुदूरपश्चिममा भोलि र पर्सि सार्वजनिक बिदा

६ भाद्र २०८०, बुधबार
सुदूरपश्चिममा भोलि र पर्सि सार्वजनिक बिदा

धनगढी । सुदूरपश्चिम प्रदेशमा भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिमेली महान पर्व गौराको अवसर पारेर प्रदेश सरकारले भदौ ७ र ८ गते सार्वजनिक बिदा दिएको हो ।

प्रदेशका सबै सरकारी कार्यालय, वित्तीय क्षेत्र, शैक्षिक संस्थालगायतका संघसंस्था दुई दिन बन्द हुनेछन् । गौरा पर्व सुदूरपश्चिमेलीको सबैभन्दा ठुलो र महत्वपूर्ण पर्व हो ।

गौरा पर्व शुक्ल पञ्चमीका दिन ५ प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ । यसलाई बिरुँडा राखेको भन्ने गरिन्छ । यो पर्वमा विशेष गरी गौरीदेवी र भगवान शिवशंकरको उपासना गरिन्छ ।

पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवशंकरलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागी निराहार व्रत बस्ने गर्दछन् ।

उनीहरूले पाँच प्रकारका वनस्पति जोडेर गौरीदेवीको प्रतिमा बनाएर अष्टमीका दिन गौरा घर वा गौरा मन्दिर भित्राएर पूजा अर्चना गरी सेलाउने प्रचलन रहेको छ ।

त्यसै दिन विरुडालाई गौरादेवीको प्रसादका रूपमा बाडेर खाने गरिन्छ । गौरा पर्वमा दैवी गाथा गाउने गरिन्छ भने देउडा खेलेर मनोरञ्जन गर्ने सामाजिक परम्परा रहेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio