लालझाडी गा.पा मा तिज बिशेष कार्यक्रम सम्पन्न

१ भाद्र २०८०, शुक्रबार
लालझाडी गा.पा मा तिज बिशेष कार्यक्रम सम्पन्न

नरेश राना/कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिकामा बिहीबार तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ। आदिवासी जनजाति संघ लालझाडीको आयोजनामा लालझाडी गाउँपालिकाकी आर्थिक सहयोगमा सुनौलो भविष्य युवा क्लब को प्रावधिक सहयोगमा सो तिज कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा सभापति आदिवासी जनजाति संघका अध्यक्ष गोमती रानाको सभाध्यक्ष सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि कञ्चनपुर जिल्लाको क्षेत्र नं १ का केन्दीय संघका माननीय तारा लामा तामाङ रहनु भएको थियो। विशिष्ठ अतिथि मा लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना , नेपाल राना थारु समाजकी जिल्ला अध्यक्ष प्रेम बती राना, लालझाडी गाउँपालिकाकी उपाध्यक्ष सपना राना चौधरी रहनु भएको थियो। कार्यक्रम मा प्रमुख अतिथिले यो लालझाडी गाउँपालिकाको बारेमा मलाई सम्पूर्ण समस्याको बारेमा जानकारी भएको छ बिस्तारि समस्यहरु हल हुने र यी समस्याको समाधान हामी सम्पूर्ण यहाँका जनताहरु र नेताहरु मिलेर समाधान गर्न सक्छु । समस्य धेरै छन् । यस्तै किसिमले पालिका अध्यक्षले अबको यो आर्थिक वर्ष मा यो कृषि सडक चान्देव देखि नौराँग सम्ममाको बाटो पक्की पिच बन्ने प्रतिबद्ध गर्नु भएको थियो। यस्तै नेपाल राना थारु समाजकी जिल्ला अध्यक्ष प्रेमबति रानाले यो लालझाडी गाउँपालिका मा बाटोको सब भन्दा समस्या रहेकोले यहाँका जनप्रतिनिधिलाई अरु काम भन्दा बाटो बनाउन सुझाव दिनु भएको थिए।

कार्यक्रम मा लालझाडी गाउँपालिका का प्रतेक वार्डका भलमंसा वार्ड प्रतिनिधि समाजसेवीको उपस्थिति थियो। कार्यक्रमलाई सुनौलो भविष्य युवा क्लब का सदस्य मुना रानाले सञ्चालन गर्नु भएको थियो।

Wedding Story advertisement Of Jems Movies & Photo Studio