नरेश राना/कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं ४ मा रहेको दोदा नदीमा रहेको झुलङ्गे पुल जोखिममा रहेको छ ।
२०७९ साल मा बनेको झुलङ्गे पुल २ वर्ष ना पुग्दै बढीले भत्काउन लागेको हो। ४६० मिटर रहेको झुलङ्गे पुल २४ गते देखि परिरहेको अविरल वर्षाका कारण दोदा नदीको झुलांगे पुल जोखिम मा रहेको छ। गत वर्ष M- RED परियोजना द्वारा जैविक तटबन्ध गरेको सो तटबन्ध एकै बढीले भत्काई दिई, प्रदेश सरकारको तटबन्ध निर्माण गरेको बन्धा पनि भत्काउन लागेको हो।
पुलको माथिबाट नदीले कटान गर्दै आइरहेकोले यसको विकल्प ना भएको भए यो वर्ष यो पुल भत्कने स्थानीयहरुको गुनासो छ। स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारकाले यसको तुरन्त अनुगमन गरी यो पुललाई कसरी बचाउने हो भनी पहल गरिदिन यस का स्थानीय हरुले दुखेसो पोखेका छन् ।