कञ्चनपुरमा २९ औ आदिवासी दिवस भव्यताका साथ सम्पन्न

२४ श्रावण २०८०, बुधबार
कञ्चनपुरमा २९ औ आदिवासी दिवस भव्यताका साथ सम्पन्न

नरेश राना/कञ्चनपुर: कञ्चनपुरमा २९ औ आदिवासी दिवस भव्यताका साथ सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती महासंघको आयोजनामा गरिएको कार्यक्रमको सभापतीमा नेपाल आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष विकास श्रेष्ठ रहेका थिए ।

उनले अहिले पनि आदिवासी जनजातीहरुले आफनो पहिचान आफनो कला संस्कृती जेगर्ना गर्नका लागी लडनु पर्ने आफनो हक अधिकारको लागि लडनु पर्ने अवस्था आएको बताए । कार्यक्रमका प्रमुख अतिथी एवम पूर्व मन्त्री, प्रतिनिधी सभा सदस्य तारालामा तामाङले गैर आदिवासी जनजातीको रहनसहन संस्कृतीको जेगर्ना गर्न र उनिहरुको कला संस्कृतिको पहिचान गरी सरकारले उचित बजेट विनियोजन गर्नुपर्ने बताए ।

कार्यक्रमका बिशिष्ट अतिथी एवम प्रदेश सदस्य गिता चौधरीले भलमन्साहरुको लागि प्रदेश सरकारबाट बजेट विनियोजन गराउने प्रतिवद्धता जाहेर गरिन् । विशिष्ट अतिथी एवम संबिधान सभा सदस्य कृपारानाले आदिवासीहरुको संस्कृतीलाई संरक्षण सम्वद्र्धन गर्न सबैले आआफनो क्षेत्रबाट पहल गर्नुपर्ने बताए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio