कञ्चनपुर र कैलालीबाट एकैदिन समातिए ६ जना लागूऔषध प्रयोगकर्ता

१९ श्रावण २०८०, शुक्रबार
कञ्चनपुर र कैलालीबाट एकैदिन समातिए ६ जना लागूऔषध प्रयोगकर्ता

नरेश राना/कञ्चनपुर: कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। हिजो बिहीबार एकै दिनमा ६ जना लागूऔषध प्रयोगकर्ता प्रहरीको फन्दामा परेका हुन।


कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तिबोझाबाट ३२० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाँउ बस्ने २७ वर्षीय कालु राना र २६ वर्षीय बिरेन्द्र बडायकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो। 
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट खैरो हेरोइन बरामद भएको थियो।
यस्तै बेलौरी नगरपालिका–१० सडकघाटबाट ३ ग्राम ६८० मिलिग्राम खैरो हेरोइनसहित कृष्णपुर नगरपालिका–४ बस्ने २१ वर्षीय रितिक थापा पक्राउ परेका छन्। सशस्त्र प्रहरीको भुडास्थित बीओपीले थापालाई बिहीबार साँझ पक्राउ गरी नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थयो।


यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–१४ बाट ८९० मिलिग्राम खैरो हेरोइनसहित वडा नं. ७ बस्ने २१ वर्षीय रवि रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
यस्तै सोही ठाँउबाट ३४० मिलिग्राम लागूऔषधसहित वडा नं.१७ बस्ने १८ वर्षीय हितेश राना समेत दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रहरी चौकी कनरीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो।

Wedding Story advertisement Of Jems Movies & Photo Studio