धनगढीको राजपुर गाउँमा सामनको डोला उद्दघाटन, उप प्रमुख कन्दकला राना

१४ श्रावण २०८०, आईतवार
धनगढीको राजपुर गाउँमा सामनको डोला उद्दघाटन, उप प्रमुख कन्दकला राना

कैलाली: कैलालीको धनगढी उमहानगरपालिका वडा नं. १३ राजपुर गाउँमा सामनको डोलाको उद्दघाटन भएको छ ।

राना युथ क्लव राजपुरको आयोजनामा हमर संस्कृति हमर शान, संरक्षण करके सबके चिनहान भन्ने मुल नाराका साथ रहेको कार्यक्रममा डोला (पिङ) उद्दघाटन धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले गर्नु भएको थियो वह कार्यक्रमको प्रमुख अतिथि पनि रहनु भएकी थिइन् । उद्दघाटन गर्दै उप प्रमुख रानाले भनिन रानाथारुको तीज सँगै जोडिएर आउने सामनको डोलाको विशेष महत्व रहेको बताइन ।


विशिष्ट अतिथि तथा धनगढी वडा १३ का वडाका अध्यक्ष विजय राज जोशीले संस्कृति नै पहिचान रहेकोले यसलाई संरक्षण गर्ने हामी सबैको दायित्व रहेको बताए । उनले यस्ता हरेक क्रियाकलापहरुमा वडाको सहयोग रहने प्रतिबद्धता जनाए ।


उद्दघाटन कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो । गाउँको सवै भन्दा बढी उमेरकी जेष्ठ नागरिक, गाउँको चाकर र दुई महिला स्वयम् सेविका गरी चार जना सम्मानित भएको क्लबका अध्यक्ष बहाली रानाले बताए ।


रानाथारु समुदायले मनाउने तीज पर्व भन्दा पहिले नै डोला (पिङ) खेल्ने गर्दछन ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio