बेलाैरी
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ८ स्थित कलकत्ता बजारमा रिमझिम कुषि सहकारी संस्थाको कार्यालय उदघाटन भएको छ । बेलौरी नगर पालकाका उपप्रमुख जोगराम चौधरीले एक कार्यक्रमका विच कार्यालय उदघाटन गर्नु भएको थियो । वहाँ कार्यक्रमको प्रमुख अतिथी रहनु भएको थियो । वहाँले भन्नु भयो,“ स्थापना भएका सहकरी संस्थ ऋण लगानी र बचत संकलन मात्र गरेको मैले पाएको छु । यो कृषि सस्था भएको कारणले यसमा कृषि संग सम्बन्धित क्रियाकलाप भएको मैले देख्न पाऊ , हामीले कृषि क्षेत्रको विकासमा ध्यान दिएनौ भने संस्थाको प्रगति गर्न सक्दैनौ ।,

एउटा किसानले एउटा मकैको विरुवा रोप्दछ र उसले त्यो मकैको विरुवाबाट एक वा दुई कोषा मात्र फलाउन सक्दछ तर एउटा व्यापारीले समान ल्याउछ र उसले मुनफा गरेर त्यो समान बेच्द भने उसले त्यस बाट राम्रो फाइदा लिन सक्द तर उसले बस्तु उत्पादन गर्न सकेन , त्यसैले म भन्दछु जब सम्मा हामीले आफै उत्पादन गर्न सक्दैनौ तव सम्मा देशको समाजको विकास गर्न सकिदैन । यस संस्थामा मैले देखिरहेको छु यसमा किसानहरु मिलेर खोलेको संस्था हो यस क्षेत्रका अब्बल किसानहरु यसका संचालक भएका छन संस्थाको प्रगातिको शुभकाना दिन चाहन्छु उपप्रमुख चौधरीले भने ।
त्यसै गरी बेलौरी नगर पालिका सहकारी शाखाका प्रमुख सुमन राज जोशी, वडा नं. ८ का वडा अध्यक्ष विश्राम राना, पुर्व वडा अध्यक्ष तथा नागरिक उन्मुक्ति पार्टिका जिल्ला अध्यक्ष नन्दकुमार राना , दाइजो कृषि सहकारी संस्थाका सचिब दिपकराज जोशी, व्यवस्थापक वासुदेव रानाले स्वागत मन्तव्य दिनु भएको थियो ।

कार्यक्रम कर्मसिंह रानाको अध्यक्षतामा सम्पन्न भएको थियो । यस रिमझिम कृषि सहकारी संस्थामा ३५ जना संस्थापक शेयर सदस्यहरु मिलेर संचालनमा ल्याएकाछौ । आज कार्यालयको उदघाटन भइसकेको छ र अब हामी छिटै नै यहाँका सदस्यहरुलाई सेवा दिने छौ भनेर संस्थाका अध्यक्ष रानाले बताए ।






