दिनेश राना/कैलालीः नेपाल सरकारद्धारा स्थापित राष्ट्रिय तथा प्रदेशिक प्रतिभा पुरस्कारकाे संस्कृति विधातर्फ सुदुरपश्चिम प्रदेशकाे प्रदेशिक प्रतिभा पुरस्कार २०७९ कैलालीका नन्दलाल रानालार्इ सम्मनित गरिएकाे छ।
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रदान भएकाे प्रादेशिक प्रतिभा पुरस्कार कैलालीकाे नन्दलाल रानालार्इ मिलेकाे छ। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौं असार २९ गते शुक्रबार आयोजित कार्यक्रममा उक्त पुरस्कारले रानालाइ सम्मनित गरिएकाे छ। साे कार्याक्रमा २८ जनालार्इ विभिन्न विधामा प्रादेशिक पुरस्कार द्धारा सम्मानित गरिएकाे छ भने राष्ट्रिय पुरस्कार गरि कुल ५० जना व्यक्तित्वहरुलाइ सम्मान गरिएका छ।
विगत लामाे समयदेखि रानाथारू संस्कृतिकाे क्षेत्रमा समर्पित रही पुर्याउनु भएकाे याेगदानकाे कदर स्वरूप कैलालीका रानालार्इ नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रदान गर्ने प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् ।
रानाथारु भाषाकाे पहिलो मिडिया रानाथारु डट कम (ranatharu.com) को सञ्चालक र प्रेस चौतारी कैलालीका सह–सचिवसमेत रहेका नन्दलाल राना नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रदान गर्ने प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् ।
उनका विभिन्न कृतिहरू:
उजियारो अर्धवार्षिक पत्रिका २०७४, २०७५, २०७६(रानाथारु भाषा, संस्कृति, साहित्य)
सबेरो सांस्कृतिक अर्धवार्षिक पत्रिका,२०७६, २०७७,२०७८,२०७९ (रानाथारु भाषा, संस्कृति, साहित्य)
होरी गीत संग्रह, २०७९,
नाच गीत संग्रह, २०७८ का सम्पादक, प्रकाशक तथा संकलक रहेका उहाँले नेपाली तथा रानाथारु साहित्य तथा सांस्कृतिक विकास र संरक्षणमा अहम योगदान दिदै आएका छन्।








