धनगढी , १८ फागुन २०७६।
प्रतिनिधि सांसद द्वोय नारदमुनि राना र प्रेम आलेमगर दुबै जना खाना महोत्सबको अध्ययन गर्ने सिलसिलामा दुबै सांसद रानाथारु परिकार पाक्दै गरेको राना रुसैया ( भन्सा ) मा प्रबेश गरे । त्यहाँ उनीलगायतले रानाथारुको परिकारको स्वाद लिएका थिए । सांसद नारमुनि रानाले आफनो रानाथारु कलचरलको बारेमा बताएका थिए ।
यी परिकारहरु सबै दिन पाक्दैनन विशेष दिन या पर्वमा पकाइने खाना हुन । मिसौला जुन अन्दीको चामल लाई वफाएर चिनी या मिठाइ मिसाइ बनाइन्छ । यो चेचर हो यसलाई पनि बनाउने तरिका मिसौला जस्तै हो तर यसमा मिठाइ या चिनी मिसाइदैनन सादा भात जस्तै हुन्छ ।
त्यसै गरी करकला (घुइया) को पातमा बेसन लगाइ बेरेर बफाएर पतौताको तरकारी बनाइन्छ । कतारा चनाको बेसन बाट बनाइन्छ । यसलाई दुइ प्रकारले बनाइन्छ । बेसनको पिठोलाई पानीमा उमालेर बेसनको पिठो हालेर पकाउने केराको पातमा फिजाउने र सेलाए पछि टुक्रा चारकुने अकारमा काटेर तेलमा झानिन्छ यसलाइ पनकतारा भनिन्छ भने आर्को तेलमा तारेर बनाइन्छ त्यसलाई कतारा भनिन्छ । यसलाई भात संग पनि खाना सकिन्छ ।
फारा घरमा धान भित्राइसके पछि नयाँ धान माडेर चामलको पिठोलाई तातो पानीले मुछने ५ देखि ७ सेमी लामो र ३ एम एम मोटो गरी वफाएर बनाइन्छ । पुरी गहुको पिठो , चामलको पिठो मुछेर तेलमा तारेर बनाइन्छ ।
बाबरो मासको दालमा नुन खुर्सानी मिक्स गरी तेलमा तारेर पकाइन्छ । सेव बेसनको पिठोलाई प्वाल भएको छल्नी ( झाँज ) बाट बनाइन्छ यो नमकिन जस्तो हुन्छ तर यसको अकार मोटो हुन्छ ।
सिमहि गहुको पिठो मुछी हातले या ढिकीको सहयताले सिमही बनाइन्छ यो चाउमिन अकारको हुन्छ तर सानो साइजको हुन्छ । यसमा चिनी , मिठाइ , दुध आदि मिसाइ बनाइन्छ । गुलगुला पनि गहुको पिठोमा मिठाइ मिसाइ तेलमा तारेर तयार गरिन्छ ।
लडुवा तिल , चमलको बेसन र मिठाइ एकैमा मिसाइ आगोमा तताएर कपडाले बेरेर गोलो अकारमा बनाइन्छ । उसना आलु आलुलाई उसनेर छिलका बाहिर फालेर टुक्रा टुक्रा बनाइ आवश्यक झोलबानाइ आलुका तरकारीे बनाइन्छ ।
भरुवा भन्टा सिन्गो भन्टालाई बिचबाट आधा कटिने कटिएको भागमा नुन , खुर्सानी मरमसला त्यस भित्र राखि पकाइ तरकारी तयार गरिन्छ । फर्सि पाकेको फर्सिलाई टुक्रा बनाइ मिठाइ मिसाइ कराइमा पकाइन्छ ।