नन्दलाल राना, धनगढी
धनगढी उपमहानगर पालिकामा प्रस्तावित “पधना भलमन्सा प्रथा ऐन” को अन्तिम खाकामाथि छलफल सम्पन्न भएको छ । मगलबारका दिन नगर उपप्रमुख कन्दकला रानाको पहलमा नेपाल रानाथारु समाजका वुद्घिजीवीहरुको सहयोगले “पधना भलमन्सा प्रथा ऐन” को अन्तिम खाका तयार भएको जानकारी दिइन । मैले यो ऐन बनाउनको लागि एक पटक होइन दुई पटक होइन तिन पटक छलफल गरिसकेका छौ । आज अन्तिम रुप दिनको लागि तपाईहरु लाई फेरी पनि बोलाइका छौ । यसको हाल सम्मको सम्पुर्णखर्च उपमहानगर पालिकाले व्यहोरेको छ र यो खाका तयार गर्नमा सहयोग गर्ने केन्द्रिय उपाध्यक्ष कमल सिं राना र शिव मा.वि.का प्र.अ. नन्दलाल रानालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ वहाँहरुको अथक प्रयासले ऐनको खाका तयार भएको र अब यस लाई नगर सभाबाट पास गराउन मेरो प्रयास रहनेछ भनेर बताइन ।

उक्त खाका माथि दफाबार छलफल गराउदै नेपाल रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष कमल सिं रानाले भन्नु भयो, उपमहानगर पालिका भित्रका भलमन्साहरुको रायसल्ला दुई,तिन पटक लिई सकेका छौ र अन्तिम रुप दिनका लागि आज हामी रानाथारुका मुख्य मुख्य व्यक्तिलाई आमन्त्रण गरेका थियौ भनेर जानकारी दिनुभयो ।
कार्यक्रमको छलफलको क्रममा बोल्दै पुर्व प्रदेश मननिय मालमति रानाले भनिन पधना भलमन्सा ऐनको खाका तयार भएको छ यस ऐनको माध्यमबाट हाम्रा प्रथाजन्य कानुन मन्यता पाउने छन यो हाम्रो ठुलो उपलब्धि हो भनेर भनिन । रानाथारुहरु सदियौ देखि यस क्षेत्रमा बस्दै आएको तर हालसम्म पनि आफुले मान्दै अएको संस्कुतिलाई कानुनि मान्यता दिलाउन सकेका थिएनौ तर अब हामीहरुले यसै ऐनको मतहतमा रहेर आफना न्याय निरुपण गर्न पाउने छौ भनेर भनिन ।
सोहि कार्यक्रममा नेपाल रानाथारु समाजका पुर्व केन्द्रिय अध्यक्ष गोविन्द राना, के.सदस्य शिवनयाण राना, भगिरथ राना , जिल्ला अध्यक्ष लालबहादुर राना, राना कला संरक्ष तथा विकास मञ्च बेलाका अध्यक्ष महाविर राना, देवहरिया गाउका पधना तथा जिल्ला कोषाध्यक्ष पृथ्वी राना, कैलाली गाउँका भलमन्सा मोली राना, धनगढी गाउका भलमन्सा भज्जी राना को उपस्थिति रहेको थियो ।