‘असल साहित्य सिर्जना गर्नुस्’, राष्ट्रपतिको आग्रह

१४ फाल्गुन २०७६, बुधबार
‘असल साहित्य सिर्जना गर्नुस्’, राष्ट्रपतिको आग्रह

धनगढी,१४ फागुन

राष्ट्रपति विद्यादेवी भण्डारीले असल साहित्य सिर्जना गर्न साहित्यकारहरूलाई आग्रह गरेकी छन् ।

सुदूरपश्चिम साहित्य समाजको आयोजनामा बुधवारदेखि धनगढीमा शुरू भएको साताव्यापी विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेकी हुन् ।

उनले भनिन्, ‘साहित्यले समाजका विकृति विसंगतिलाई औल्याउँदै सदाचार र नैतिकतालाई प्रवद्र्धन गर्ने भएकाले असल साहित्य सिर्जनाको लागि साहित्यकारहरू क्रियाशील रहनुपर्दछ ।’

राष्ट्रपति भण्डारीले भाषा र साहित्यलाई मानव जातिलाई जोड्ने साँघुको रुपमा रहेको पनि औंल्याएकी छन् । ‘साहित्यले विभिन्न सम्प्रदाय र समूहलाई एकतामा बाँध्न सहयोग पुर्‍याउँछ,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय रुपमा राष्ट्र–राष्ट्रबीच र मानव जातिलाई जोड्न एउटा साँघुको काम गर्दछ ।’

आयोजकको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले शुरू भएको महोत्सवको माध्यमबाट विश्वभर छरिएर रहेका नेपाली भाषीबीच भाषिक तथा भावनात्मक एकता प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् । उनले विश्व मानचित्रमा नेपाल र नेपालीको विशिष्ट पहिचान स्थापित गर्नमा मद्दत पुर्‍याउने दाबी गरिन् ।

शिक्षण संस्था, प्राज्ञिक केन्द्र र विश्वविद्यालयले साहित्य र भाषालाई प्रवद्र्धन गर्न मद्दत गर्ने भएकाले सम्पूर्ण शैक्षिक केन्द्रलाई सुदृढ गर्नतर्फ राज्यको ध्यान जानुपर्ने उनले बताइन् ।

सुदूरपश्चिम प्रदेश कला, संस्कृति र साहित्यको लागि उर्वर भूमि रहेको बताउँदै भाषा, साहित्य संरक्षणमा राज्यले सहयोग पुर्‍याउनुपर्नेमा जोड दिइन् । 

उद्घाटन सत्रलाई पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, शताब्दी पुरुष सत्यमोहन जोशी, प्रतिनिधिसभा सदस्य नारदमुनि राना, पूर्व मन्त्री एनपी साउँदले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

फागुन २० गतेसम्म चल्ने महोत्सवमा प्रत्येक दिन भाषा, साहित्य, राजनीति, समसामयिक सवालमा विभिन्न व्यक्ति, राजनीतिज्ञ, विषयविज्ञबीच समूह छलफल हुने आयोजक समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिए ।

राष्ट्रपति द्वारा , शिवनगर खानेपानीकाे अवलाेकन गर्दै


यसै बिच शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको निमन्त्रणामा शिवनगर खानेपानीको अवलोकन सम्माननिय राष्ट्रपतिले गर्नु भएको थियो । यस शिव नगर खानेपानी आयोजनाको समउदघाटन २०७३ साल माघ १४ गते मौसमको खराबीका कारणा आयोजना स्थलमा सम्मानिय राष्ट्रपति उपस्थित हुन नसके पनि आज यस आयोजनाको आवलोकनमा पाल्नु भएकोमा हामी सम्पुर्णा उपभोक्ता खुशीका साथै हर्ष बिभोर भएका छौ शिवनगर खानेपानी आयोजनाका अध्यक्ष राजेश कुमार खातीले बताए । वहाँले राष्ट्रपति समक्ष आयोजनको संक्षिप्त जानकारी समेत गराएका थिए भने आयोजनाको निर्माणा २०१२ जनबरी २० मा शुरू भइ २०१५ फेब्रअरी १४ मा सम्पन्न भएको जानकारी गराए । आयोजनको सफल गराउनमा संघिय प्रतिनिधि सभाका माननिय सांसद नारदमुनी रानाको अध्यक्षतामा नौ सदस्य कार्यसमिती र ७ सदस्य सल्लाहकारको महात्वपुर्ण भुमिका रहेको जानकारि गराए अध्यक्ष खाति ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio