अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन काग्रेस सुदूरपश्चिम प्रदेश युवा समितिको आयोजनामा धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रमको कार्यक्रमका प्रमुख अतिथि,नेपाली काग्रेसका महामन्त्री एंव सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री मेघराज खड्का ले उद्घाटन गरेका थिए ।

उक्त अवसरमा कार्यक्रममा प्रदेश युवा समितिका अध्यक्ष हरि सिँह भण्डारीले सामाजिक मन्त्री खड्का समक्ष श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समाबेश गर्नुपर्ने,श्रमिकको प्रत्येक ६-६ महिनामा स्वास्थ परिक्षण गराउनुपर्ने,श्रमिक परिचयपत्रको ब्यवस्था गर्नुपर्ने,श्रमिक बैँकको स्थापना गर्नुपर्ने,ट्रेड युनियनका लागि क्षमता अभिबृद्दी कार्यक्रम संचालन गर्नुपर्ने,श्रमिक बिमा हुनुपर्ने,श्रम ऐन नियमावलीको प्रभाबकारी कार्यान्वयन हुनुपर्ने लगायतका माग सहित ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा सामाजिक बिकास मन्त्री खड्काले सबैको सहयोग,समन्वय र सहकार्यमा श्रम सम्बन्धि ऐन कानुनको प्रभावकारी कार्यान्वयन र नयाँ निति तथा कार्यक्रम ल्याईने बताए । कार्यक्रमकि विशिष्ट अतिथि एंव सामाजिक बिकास राज्यमन्त्री सरस्वती खड्काले श्रमिक सवालमा थुप्रै समस्या रहेको बताउँदै आफूले ती समस्या समाधान गर्नमा पहल गर्ने बताए ।

कार्यक्रम नेपाल ट्रेड युनियन काग्रेसका प्रदेश अध्यक्ष ज्ञानेन्द्र बहादुर शाह लगायतकाले मन्तब्य राखेका थिए । कार्यक्रम सुदूरपश्चिम प्रदेश युवा समितिका अध्यक्ष हरि सिँह भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियोे भने कार्यक्रमको संचालन ट्रेड युनियन काग्रेस कैलालीका सचिब डबल बमले गरेका थिए । उक्त अवसरमा १७ जनाले रक्तदान गरेका थिए ।