नरेश राना / कञ्चनपुर :- कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं ३ बल्मी मा रानाथारु की वडा स्तरीय तीज कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मा सभापति तीज कार्यक्रम का अध्यक्ष सेम कुमारी राना को अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रम मा प्रमुख अतिथि लालझाडी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष टिका राम डगौरा रहनु भएको थियो, भने विशिष्ट अतिथि लालझाडी गाउँपालिका का वडा सदस्य शान्ति राना, बल्मी ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड का अध्यक्ष रोहित बडाएक,नन्देश्वर सामुदायीक वन उपभोक्ता समूह का अध्यक्ष झेल सिंह राना, वडा नं का भल्मन्सा,समाजसेवी बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम वडा बाट सानो रकम भए पनि हामी दिदी बहिनी हरु लाई आफ्नो संस्कृति बचाउन को निम्ति र तीज कार्यक्रम हाम्रो वडा का दिदीबहिनी हरुले सँगै एकै ठाउँमा मनाउन पयोश भनेर हामी यो कार्यक्रम गरेका छौं भनेर वडा अध्यक्ष टिका राम डगौरा ले जानकारी गर्नु भएको थियो । कार्यक्रम मा वडा का सबै टोल अनुसार डोला मा चडेर राना थारु गीत संस्कृति झल्कने गरी गीत गई सो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम वडा सदस्य मोहन सिंह बडाएक ले सञ्चालन गर्नु भएको थियो।