नरेश राना / कञ्चनपुर :- कञ्चनपुर को लालझाडी गाउँपालिका मा लागू औषध दुव्र्यसन सम्बन्धी विद्यालय स्तरीय कार्यक्रम सोमबार एक कार्यक्रम बीच सम्पन्न भएको छ। लालझाडी गाउँपालिका वडा नं ४ मा रहेको श्री स्वतन्त्र माध्यमिक विद्यालय मा लागू औसत दुर्व्यसनी युवा को भूमिका सम्बन्धी एपिडिएस को आयोजना मा युएनडिपी को आर्थिक सहयोग मा निबन्ध, व्यक्तित्वकला,वादविवाद प्रतियोगीता गराई विजेता विद्यार्थी लाई नगद पुरस्कार साथमा हौसला प्रदान गर्नु भएको थियो।

यो समाज मा बढिरहेको लागू औसत ले साना विद्यार्थी भाई बहिनी हरु लाई धेरै असर पारिरहेको ले सो सुधार को निम्ति विद्यालय स्तरीय गरिने भएको छ। कार्यक्रम दीपेन्द्र बहादुर मडई ले सञ्चालन गर्नु भएको थियो।