नरेश राना / कञ्चनपुर :- कञ्चनपुर को कृष्णपुर नगरपालिका न्याय समिति की संयोजक द्रोपती राना ले न्याय समिति का सदस्य हरुलाई झोला तथा प्रमाण पत्र वितरण गरिएको छ। कृष्णपुर नगरपालिका न्याय समिति ले प्रत्येक वडा लाई एक थान फलेक्स बोर्ड,एक थान संयोजक बोर्ड ,

सँगै स्टेसनरी वितरण गर्नु भएको थियो। यस वर्ष न्याय समिति ले विभिन्न विवाद हरु लाई सहज रूपमा वर्ष भरीमा ३६ विवाद मिलाएकाले सो टीम लाई प्रमाण पत्र सहित सम्मान गरिएको न्याय समिति कि संयोजक तथा कृष्णपुर नगरपालिका की उपप्रमुख द्रोपती राना ले जानकारी गराउनु भएको थियो ।