नरेश राना / कञ्चनपुर वैशाख २५ कञ्चनपुर को लालझाडी गाउँपालिका मा पालिका अन्तर्गत भलमंसा तथा चाकर हरु लाई लालझाडी गाउँपालिका ले सम्मान गरेको छ।सम्मान कार्यक्रम मा लालझाडी गाउँपालिका को सभापति भलमन्सा संयोजक अतिराम चौधरी रहनु भएको थियो।

प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना रहनु भएको थियो भने विशिष्ठ अतिथि लालझाडी गाउँपालिका की उपाअध्यक्ष सपना चौधरी राना, लालझाडी गाउँपालिका को प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की , लालझाडी गाउँपालिका निवर्तमान अध्यक्ष मदन सेन बडाएक प्रतेक वडा का वडा अध्यक्ष रहनु भएको थियो ।
कार्यक्रम मा स्वागत मन्तब्य भलमन्सा समिति का उपाअध्यक्ष भजोरा राना ले दिनु भएको थियो । कार्यक्रम मा लालझाडी भरी ६ ओटै वडा बाट भलमन्सा र चाकर को उपस्थिति रहेको थियो।विशिष्ठ अतिथि लालझाडी गाउँपालिका की उपा अध्यक्ष सपना चौधरी राना ले हामी निर्वाचित भए देखि हामीले सम्पूर्ण वडा लाई समान रूपले कार्यक्रम दिएर सञ्चालन गर्दै आएका छौं।

तर यो कार्यक्रम हाम्रो पालिका मा प्रथम चोटि भएको ले हामी प्रत्येक भलमन्सा लाइ ५ थान कुर्सी ,र चाकर लाई १ थान टर्च दिएर यस पालि सम्मान गरेका छौं। त्यसै गरी प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना ले यस भलमन्सा समिति को माग अनुसार यो पाली केही कमी भएको ले आउँदो वर्ष माग अनुसार को सम्मान गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । लालझाडी गाउँपालिका को यो पहिलो कार्यक्रम भएको ले आउँदो वर्ष हामी एक अलग्गै किसिम ले कार्यक्रम लाग्ने छौ यो वर्ष को डाटा हेर्दा हाम्रो पालिका भरीमा जम्मा ४८ भलमन्सा र ३५ चाकर रहेको लालझाडी भलमन्सा समिति का उपा अध्यक्ष मेघनाथ राना ले जानकारी गर्नु भएको थियो ।

त्यसै गरी लालझाडी गाउँपालिका भलमन्सा समिति का संयोजक तथा यस कार्यक्रम को सभापति अति राम चौधरी ले लालझाडी गाउँपालिका संग आफू र आफ्नो समिति र लालझाडी भरी को भलमन्सा तथा चाकर लाई आवतजावत गर्न र बैठक मा आउने जाने सजिलो को लागी सम्बोधन बाट माग गर्नु भएको थियो। लालझाडी गाउँपालिका भलमन्सा समन्वय संघ को आयोजना मा भएको थियो भने सहयोग लालझाडी गाउँपालिका ले गरेको थियो।कार्यक्रम श्रीषा रानाले सञ्चालन गर्नु भएको थियो।







