नरेश राना / कञ्चनपुर : कंचनपुरको लालझाडी गाउँपालिका स्थित वडा नं २ को प्राङ्गणमा समाजिक विकृति और लागू औषधके समाजमे जडसे हए नोचन ,संस्कृति इकल्लो नाए अब शिक्षा घैन फिर हए आपनके सोचन ,, भन्ने मुल नाराका साथ तेस्रो खखडेहरा महोत्सव २०८० भव्यताका साथ सम्पन्न भएको थियो।

कार्यक्रम मा सभापति खखडेहरा महोत्सव का अध्यक्ष जगदीश राना रहनु भएको थियो भने प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना रहनु भएको थियो,विशिष्ठ अतिथि लालझाडी गाउँपालिका उपअध्यक्ष सपना चौधरी राना, लालझाडी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, नेपाल राना थारु समाज की जिल्ला अध्यक्ष प्रेमवती राना, राना कला संस्कृति संरक्षण मञ्च का अध्यक्ष नारायन राना, लालझाडी भल्मन्सा संयोजक अति राम चौधरी ,कार्यपालिका सदस्य,जनप्रतिनिधि , भलमन्सा,कलाकार,पत्रकार ,प्रशासन को उपस्थिति रहेको थियो ।

चैत २७ गते मंगलबार लालझाडी गाउँपालिका गाउँ कार्यपालिकाको आयोजना र राना कला संस्कृति संरक्षण तथा विकास मञ्च (RACC-DF) सहकार्यमा भएको थियो। संस्कृति बचाउन मात्र नभएर सामाजिक विकृति र लागू औषधको विरुद्ध शिक्षामा जोड दिने उद्देश्यका साथ राना कला संस्कृति संरक्षण तथा विकास मञ्च का अध्यक्ष नारायन राना ले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा रानाथारुको होरी नाच , स्थानीय तथा राष्ट्रिय कलाकार हरुको बेजोड प्रस्तुति रहेको थियो। कार्यक्रम सञ्चालन श्रीषा राना ले सञ्चालन गर्नु भएको थियो।







