नेपाल बहुभाषी, बहु धार्मिक,बहु साँस्कृतिक, बहु जाति भएको एउटा सुन्दर देश हो अनेकतामा एकता हुनु यस देशको सौन्दर्य हो । देशमा रहेका सबै भाषा, संस्कृति, गीतसंगीत, मौलिकता सबैको प्यारो रहने गर्दछ र रहनु पनि पर्छ, र यस्तै संकृतिहरुको सम्मानले नै आत्म सम्मान हुने हुँदा यसले राष्टियता मजबुत हुने गर्दछ ।

त्यस्तै सुदुरपश्चिम प्रदेशको दक्षिण क्षेत्रका रैथाने रानाथारु यस देशका विशिष्ट कला संस्कृति भएका जाति भनि रहनु पर्दैन त्यसैले त होला मौलिक संस्कृतिको अति नै धनि यस जातिको बढ्दो पश्चिमाकरणको प्रभावले ति संस्कृतिहरु हेर्न मञ्चीय साइत जुराउनु पर्ने अवस्था आइसकेको छ ।
रानाथारु सामुदायले हरेक महिनामा मनाउने चाडपर्वहरु छुटै तरिकाले मनाउने भएकोले त्यसको आप्नै मौलिक्ता रहने भएकोले विगत वर्ष सामुदायले मनाउने चाडपर्वमा छुटफुट विमेल देखिएकोले यस वर्ष त्यसो नहोस भन्ने उद्देश्यकाले बुधबारको दिन नेपाल रानाथारु समाज केन्द्रिय अपाध्यक्ष कमल सिंह रानाको संयोजकत्वमा सामुदायमा सक्रिय संघसंस्थाहरुका पदाध्यकारी सम्मलित बैठक बसी २०८१ सालमा मनाउने विभिन्न चाडपर्व तिथिमिति तय गरेका छ ।

जस अनुसार राष्ट्रिय पर्वहरु (होली, दिपावली, कृष्णजन्मअष्टमी,रक्षाबन्धन) लगायतका त्योहारहरु पंचाङ्गको निर्णय अनुसार नै मनाउने र रानाथारु सामुदायले मनाउने मौलिक त्योहारहरु बार र तिथि अनुसार मनाउने निर्णय गरेकोछ । रानाथारु सामुदायले मनाउने पर्वहरु
१) चराई पर्व ( शुक्लपक्षको पहिलो सोमबार या वृहस्पतबार मनाउने ।
२) भजनी चराई शुक्लपक्षको पहिलो सोमबार मनाउने ।
३) असाडी पुजा असाडको शुक्लपक्षको पहिलो सोमबार या वृहस्पतबार मनाउने ।
४) तिज पर्व श्रवणशुक्ल पक्षको तृतिया तिथीका दिन मनाउने ।
५) ढाँक वा डकहर नाग पञ्चमीको दिन मनाउने
६) विनाइतबार भादौ शुक्लपक्षको पहिलो इतबार तर प्रतिपदाको दिन आइतबार परेमा अर्को अइतबार मनाउने ।
७) घडा असोज र कातिक महिनाको कृष्ण पक्षको आइतबार र बुधबारको दिन गर्ने ।
८) देउतामा माटो फुलपातिको दिन वा आ आप्नो कुरी अनुसार लगाउने
९) पुस र माघ महिना विवहमुहत ( विवहामुहरत कृष्णपक्ष र शुक्लपक्ष मिलाएर दुई पखिया गर्ने )
१०) सकट वर्त माघको कृष्णपक्षको पहिलो आइतबार ।
११) माघ शुक्लपुर्णिको दिन होरी राख्ने
१२) फागुपुर्णिमाको लगतै सात दिन जोडेर ( पुर्णिमाको सातौ दिन) अठबारोमा खख्डेहरा पर्व मनाउने ।
२०८१ सालको खख्डेहरा पर्व चैत ८ गते मनाउने सो लागि नेपाल रानाथारु समाजले प्रदेश सरकारलाइ खख्डेहरा पर्वको उपलक्ष्यमा विदा माग गरिसकेको जानकारी उपाध्यक्ष कमल सिंह रानाले जानकारी दिए ।
कार्यक्रममा संघर्ष समिति कंचनपुर , रानाथारु कला संरक्षण मञ्च वेला, RCCDF कैलाली , नवज्योति बहुउद्देश्य सहकारी संस्था लि., रानाथारु उत्थान तथा समन्वय मञ्च र नेपाल रानाथारु समाज कैलाली र कञ्चनपुर जिल्लाका प्रतिनिधिहरुको उपस्थिती रहको थियो ।








