कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित देवरिया गाउँ समितिको आयोजना , RACC-DF र URPAG को सहकार्य र भलमन्सा जगन्नाथ रानाको अध्यक्षता कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी धनगढी-७ का वडा अध्यक्ष मोती रानाथारु , विशिष्ट अतिथी धनगढी-७ का निवर्तमान वडा अध्यक्ष , RACC-DF का अध्यक्ष तथा गायक नारायन राना, UPRAG का अध्यक्ष रबि राना , समाजिक अभियन्ता भोजराज राना , गायिका लक्ष्मी राना , गायक रामदेव राना , वडा सदस्य , शिक्षक , पत्रकार , स्थानीय , समाजसेवी , बुद्धिजीवीको उपस्थिति रहेको थियो ।

हामीले आफ्नो क्षेत्रमा रहेका समाजिक विकृति र लागू औषध न्यूनीकरण कसरी गर्न सक्ने भनेर जनचेतनामुलक मन्तव्यहरु रहेका थिए । कार्यक्रममा संस्कृति सहित चेतनाको विकास हुनुपर्ने भनेर वक्ताहरुको भनाई रहेको थियो । हामीले देवरिया गाउँबाट सुरुवात गरेका छौ ।

यस्तै जनचेतनामुलक कार्यक्रमहरु कैलाली कंचनपुरमा सुरुवात गर्नुपर्छ भनेका हुन । कार्यक्रममा जनचेतनामुलक वक्तालाई र कलाकारलाई सम्मान गरेका थिए । होरी मिलन कार्यक्रम सांस्कृतिक कार्यक्रम सबैले आयोजना गर्छन तर अब रानाथारुलाई जनचेतनामुलक कार्यक्रम गर्नुपर्छ भनेका हुन । कार्यक्रम लाई सञ्चालन सुरज राना ले गर्नु भएको थियो।