नरेश राना/कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिकामा बजार अनुगमन गरिएको छ। लालझाडी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीको संयोजकत्वमा सञ्चालित अभियानमा पालिका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी, वडा अध्यक्ष हर्क नारायण जोशी, उद्योग शाखा, पशु शाखा, स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरु, ईलाका प्रहरी कार्यलय लालझाडी कन्जका सुरक्षाकर्मीहरु लगायतको संयुक्त टोलिद्वारा लालझाडी-०६ चान्देव बजार अनुगमन गरिएकाे छ। चान्देव बजारमा डेरी, किराना पसल, मासु पसल, नास्ता पसल, मेडिकलहरूमा अनुगमन गरिएकाे हाे ।
केही पसलहरु पालिकामा दर्ता नभएको समेत फेला परेकाले; यथाशीघ्र पालिकामा आ-आफ्ना व्यावसाय दर्ता सूचीकृत गराउन समेत स्थानीय व्यापारीलाई लालझाडी गाउँपालिकाले अनुरोध गरेको छ। चान्देव बजारमा ४ पसलबाट म्याद गुज्रेका खाद्य सामाग्री बरामद गरेको हो। उक्त समाग्री लालझाडी-०६ वडा कार्यलयमा नष्ट गरिएको छ।








