नरेश राना/कञ्चनपुर,पौष १३ । बेलडाँडी गाउँपालिकाले आज चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।गाउँपालिकाले प्रथम चौमासिक सार्वजनिक सुनुवाईमा आफुले गरेको प्रगति विवरण सहित आम नागरिकलाई सुसूचित गर्नका लागि उक्त कार्य गरेको बेलडाँडी गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा अधिकारवाला र सेवाग्राहीबीच सेवा प्रवाहका समस्या तथा जनसन्तुष्टिको स्थितिबारे समिक्षा गरी मूल्याङ्कन, सुझाव र पृष्ठपोषण प्रदान भएको बेलडाँडी गाउँपालिकाका प्रवक्ता गज बहादुर बिष्टले जानकारी गराउनु भयो । उहाँका अनुसार नियमित र खुला अन्तरक्रिया माध्यमबाट सेवाग्राहीलाई सन्तुष्टी प्रदान गरी विश्वासको वातावरण कायम हुने समेत वहाँले बताउनु भयो । पाचैं वडाका वडाध्यक्षहरुले आ-आफ्नो वडाको गतिविधिका साथै प्रगति प्रतिवेदन पेश गरेका थिए । भने गाउँपालिकाकै प्रगति प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीले प्रस्तुत गरेका थिए ।सुनुवाई कार्यक्रममा छाडा चौपाया व्यवास्थापन, खेलमैदान, एम्वुलेन्स संचालन, अपाङ्गमैत्री प्रशासन, लागु औषध नियन्त्रणका सवालहरु उठेका थिए ।

जवाफमा पालिका अध्यक्ष हरिचन्द्र रानाले भने “केहि दिन भित्रै अपाङ्ग मैत्री प्रशासन बनाउनका लागि लिफ्टमा आएको प्राविधिक समस्या समाधान गर्ने, एम्बुलेन्स संचालनमा आएको, खेलकुद समिति गठन गरी यहाँका खेलाडीहरुलाई प्राथामिकताका साथ प्रवद्र्धन गर्ने, बेलडाँडीका किसान ब्यापारीहरुका लागि कोल्ड स्टोर स्थापना गर्नका लागि अध्ययन भइरहेको जनाउदै क्रमिक रुपले अतिक्रमित भएको सरकारी जमिन ग्रिनबेल्ट खाली गरी बेलडाँडीका जनातालाई आवस्यक भएको कार्य उक्त क्षेत्र भित्र स्थापना गर्ने जनाएका छन् ।”कार्यक्रममा सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सेयर कर दियो ।