नरेश राना/ कञ्चनपुर, २५ कार्तिक । कंचनपुरको लालझाडी गाँउपालिकाका नेता मिल्ठु राना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
एमालेले जनतामा भ्रम मात्रै छर्ने गरेको र नेता, कार्यकर्तालाई पनि जिन्दगीभर दास बनाएको भन्दै आफुले पार्टी परित्याग गरेको उनले बताएका छन् । एमाले अहिले राजा ल्याउँछु भन्ने, देश टुक्रयाउँछु भन्नेहरुसंग चुनावमा मिलेकाले सच्चा कम्युनिष्ट नेता, कार्यकर्ताहरु एमालेमा बस्न नसक्ने रानाको भनाई छ ।
एमाले परित्याग गरेका रानालाई माओवादी नेतृ, पूर्वमन्त्री एवम् वाम- लोकतान्त्रिक गठबन्धनबाट कंचनपुर क्षेत्र नं.१ की प्रतिनिधी सभा सदस्य उम्मेदवार बिना मगर र क्षेत्र नं.१ (क) प्रदेश सभा सदस्य उम्मेदवार बन्धु रानासहितका उम्मेदवारहरुले स्वागत गरेका थिए ।
राना आजैदेखि वाम- लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु जिताउन घरदैलो कार्यक्रममा सहभागि भएका छन् ।






