नरेश राना/ कञ्चनपुर, १८ कार्तिक । एमाले अध्यक्ष केपी ओली कञ्चनपुर आउने दिन क्षेत्र नम्बर १का एमाले नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । एमाले पुनर्वासका नेता च्वाङजोङ्ग तामाङ्गले एमाले परित्याग गरेको घोषणा गरेका छन् । शुक्रबार बिहानै एक प्रेस विज्ञप्ती जारी गर्दै तामाङ्गले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।
०५१ सालदेखि एमालेमा सकृय रहेका तामाङ्गले विभिन्न जिम्मेबारी निर्वाह गर्दै आएका थिए । उनले मंसिर ४मा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा पार्टीको नीति, विधि प्रद्धती बिरुद्धमा पाटी संचालन गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहनेगरी एमाले परित्याग गरेको घोषणा गरेका छन् । उनी एमाले पुनर्वास नगरपालिका १ बाट वडाध्यक्षमा उम्मेदवार र तामाङ्ग समुदायमा प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।






