नरेश राना/ १२ कार्तिक। कञ्चनपुर निर्वाचन क्षेत्र २ मा नेकपा एमाले, पुर्व क्याम्पस प्रमुख(प्राध्यापक), कलाकारले माओवादी केन्द्र प्रवेस गरेका छन । शनिबार एक कार्यक्रमका विच कृष्णपुर नगरपालिकामा कञ्चन बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख एव प्राध्यापक जगदिश प्रशाद भट्ट, एमाले सुदूरपश्चिम प्रदेश सदस्य एव कृष्णपुरका एमाले नेता राम बहादुर राना, र नेपाल चलचित्रका चर्चित कलाकार तेजा ऐर सहित एमाले, समाजवादी पाटी परित्याग गरेर माओवादी केन्द्र प्रवेस गरेका हुन ।
भट्ट प्रभात ऋण तथा बचत सहकारी संस्थाका अध्यक्ष, राना थारु समुदायका अगुवा नेता एव ऐर चर्चित खलनायक हुन । माओवादी केन्द्र प्रवेस गर्नेहरुलाई नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरी, माओवादी केन्द्रीय सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र २(क)का प्रदेश सभा सदस्यका उम्मेदवार सहित माओवादी नेताहरुले नवप्रवेसीलाई स्वागत गरेका छन । संविधानको रक्षा गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धन जिताउन माओवादी केन्द्रमा प्रवेस गरेको उनीहरुले बताएका छन ।






