शुक्रराज राना/ कञ्चनपुर, ६ कार्तिक । कञ्चनपुरको लालझाडीमा कार्तिक ११ गते शुभदिपावली तथा छठ पर्वको अवशरमा पाँचौं संस्करणको FIFTHICYC कप २०७९ नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको आयोजकले जनाएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ लालझाडी गाउँपालिका वडा नं. ५ को आयोजना तथा ईटाहा चारपाते युवा क्लव देखतभुलीको समन्वय र सहकार्यमा उक्त फुटबल प्रतियोगिता हुन लागेको हो ।
शुभदिपावली तथा छठ पर्वको अवशरमा हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमले नगद पुरुस्कार रु. ७१,१७१ ट्रफी र प्रमाण पत्र, द्वितिय पुरुस्कार रु. ३५,५३५ ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने लालझाडी गा.पा. वडा नं. ५ का अध्यक्ष पहल बहादुर थापाले जानकारी दिनु भयो ।
उक्त प्रतियोगितामा ३२ ओटा टिम सहभागी हुने आँकलन गरिएकाे संयोजक रामदास रानाले बताउनु भयो । यसैगरि टिम दर्ता गर्नुपर्ने अन्तिम मिति २०७९ कार्तिक ९ गते साँझ ५ बजे सम्म मात्र रहेको छ । प्रतियोगिताको प्रचार प्रसार तथा समाचार सम्प्रेषण गर्ने मिडिया पार्टनर रानाथारु डटकम र सुदूर दर्पण दैनिक रहेका छन् ।






