कञ्चनपुर, ५ कार्तिक । कञ्चनपुरको पुनर्वास नगरपलिकामा बजार अनुगमन गरिएको छ। नगरपालिकाको वडा नम्बर ३ र ४ मा रहेको आईबीआडी बजारमा शनिबार अनुगमन गरिरएको हो।
नगरपालिकाकी उप प्रमुख भुलिया रानाको संयोजकत्वमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीसहित उद्योग बाणिज्य संघ, कृषि संस्थान र जनस्वास्थ्यका प्रतिनिधिलगायतको संयुक्त अनुगमन टोलीले तिहार लक्षित अनुगमन गरेको बताइएको छ।
आईबीआरडी बजारका विभिन्न किराना पसल, फेन्सी, हार्डवेयर पसल, होटल, तरकारी पसल, मेडिकलहरु अनुगमन गरी म्याद गुज्रिएका ८४ हजार बराबरको अखाद्य वस्तु नष्ट गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।






