नरेश राना/कञ्चनपुर, कार्तिक ०१ । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर १ मा धमाधम बाम लोकतान्त्रिक गठबन्धनका निर्वाचन परिचालन सम्पर्क कार्यालय खुलिरहेका छन ।
सोमबार मात्रै बेलौरीमा निर्वाचन क्षेत्र १ प्रतिनिधी सभा तर्फको मुल परिचालन समितिको कार्यालय खुलेको छ ।भने क्षेत्र १(ख) को बेलौरी नगरपालिका ८कलकत्तामा प्रादेशिक निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय खुलेको छ । नेपाली काँग्रेस क्षेत्र १(ख) का सभापति एव बाम लोकतान्त्रिक गठबन्धन संयुक्त निर्वाचन परिचालन समितिका संयोजक चेतन कुमार राईले निर्वाचन परिचालनका लागि बेलौरीको कलकत्तामा सम्पर्क कार्यालय खोलेको बताए ।‘क्षेत्र १(ख)को मध्य भूभाग क्षेत्रमा हामीले प्रादेशिक निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय खोलेका छौँ, ‘उनले भने, ‘त्यहाँबाट सबै वडाहरुमा संयुक्त रुपमा टोली परिचालन गछौैँ ।’ नेकपा माओवादीका पोलिट्ब्यूरो सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धन संयुक्त निर्वाचन परिचालन समितिका संयोजक लोकेन्द्र लम्सालले निर्वाचन क्षेत्र १भरी बामलोकतान्त्रिक गठबन्धनका दलहरु सहभागि संयुक्त निर्वाचन परिचालन समिति विस्तारसंगै निर्वाचन अवधिभर परिचालनका लागि कार्यालय स्थापना गरेको बताए ।बाम लोकतान्त्रिक गठबन्धन संयुक्त निर्वाचन परिचालन समितिका संयोजक लोकेन्द्र लम्सालले क्षेत्रभरीकै मध्य भागमा पर्ने बेलौरीका प्रतिनिधी सभा स्तरिय निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरिएको बताए ।नेपाली काँग्रेस क्षेत्रीय सभापति तथा बाम लोकतान्त्रिक गठबन्धन संयुक्त निर्वाचन परिचालन समितिका सह संयोजक गोपी प्रशाद उपाध्यायले बाम गठबन्धन जिताउनका लागि एक ढिक्का भएर चुनावमा होमिन आब्हान गरेका छन ।बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर र प्रदेश सभा सदस्य तर्फका उम्मेदवारद्वय दिवान सिह विष्ट, बन्धु राना, समानुपातिक उम्मेदवार प्रेमसिह बोहरा, दिपा चौधरी, राम ब. देउकर, फु्ल्न राना, चमेली तामाङ्ग, कालीदेवी चौधरीले जनताको चाहना अनुरुप क्षेत्रको विकासदेखि संविधान रक्षा गर्ने प्रतिबद्धता जाहेर गरेका छन । प्रतिगमन बिरुद्धमा एकजुट भएर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनुपर्नेमा जोडदिएका छन ।






