नरेश राना/कञ्चनपुर,०१ कात्तिक । आगामि मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सर्वाधिक मतान्तरले जित सुनिश्चित पार्न बाम लोकतान्त्रिक गठबन्धनले कंचनपुर क्षेत्र नम्बर १ मा संयुक्तरूपमा चुनावी कार्यक्रमलाई बढाएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ को बेलडाँडी गाउँपालिका र लालझाडी गाउँ पालिकामा सोमबार चुनावी कार्यक्रम अन्तर्गत भेलाको आयोजना गरिएको बाम लोकतान्त्रिक संयुक्त चुनाव प्रचारप्रसार समितिका सह संयोजक नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्यायले बताउनुभयो । सोमबार बेलडाँडी गाउँपालिकामा आयोजित बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलामा नेपाली काँगेस कंचनपुरका नेता संविधानसभा सदस्य एवं प्रदेशसभा सदस्य पदका उम्मेदवार दिवानसिंह बिष्टको प्रमुख आतिथ्य रहेको र लालझाडी गाउँ पालिकामा आयोजित संयुक्त भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं चुनाव प्रचारप्रसार समितिका संयोजक लोकेन्द्र लम्सालको प्रमुख आतिथ्यमा कार्यक्रम सप्पन्न भएको नेपाली काँग्रेसका क्षेत्रीय सभापति उपाध्यायले बताउनुभयो । सत्तारुढ पाँच दलिय गठबन्धनका शिर्ष नेतृत्वको सहमति र सहकार्यमा गरिएको  गठबन्धन देशमा स्थिरता, दिगो सरकार, संविधान र लोकतन्त्रको रक्षाको लागि आवश्यक रहेकाले निर्धक्क भएर भयमुक्त भइ गठबन्धनका साझा उम्मेदवारहरुलाइ मतदान गर्न आह्वान गरिएको नेपाली काँग्रेसका क्षेत्रीय सभापति उपाध्यायले जानकारी दिनुभएको छ ।