नरेश राना/कञ्चनपुर, २२ असाेज । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेशसभामा उम्मेदवार सिफारिस भएका नेकपा एमालेका नेता वीरबहादुर थापा ‘पाताल’ले आफू प्रदेशमा चुनाव नलड्ने बताएका छन् ।
प्रतिनिधि सभाका लागि आफू सिफारिस भएको तर प्रदेश सभामा आफ्नो नाम आउँदा अचम्मित भएको भन्दै थापाले चुनाव नलड्ने बताएका हुन् ।
नेता थापाले पार्टीले हिजोका दिनमा साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेका तारा लामा तामाङलाई प्रतिनिधि सभाका लागि उम्मेदवार बनाएकोमा असन्तुष्टि प्रकट गर्दै पदका लागि पार्टी परित्याग गर्नेलाई केका आधारमा टिकट दिएको हो ? त्यो, अब जिल्लाका साथीहरुले मुल्यांकन गर्ने इकागजसँग बताए । लामा एमाले परित्याग गरि समाजवादी हुँदै पुन: एमाले फर्किएका हुन् ।
नेता थापाले लामालाई बार्गेनिङ गरि टिकट लिएको आरोपसमेत लगाए । उनले हिजोका दिनमा एमालेबाट चुनाव जितेको तर, आफ्नो फाइदाको लागि समाजवादी प्रवेश गरि प्रदेशको मन्त्रीसमेत भइसकेका लामालाई चुनाव जित्न गाह्रो हुने बताए ।






