निबा राना/धनगढी, १४ असाेज । श्री शिव माध्यमिक विद्यालयमा हिन्दु स्वयंसेवक संघ नेपालद्धारा संचालित सात दिने प्राथमिक शिक्षा वर्ग तालिमको आज छैठौ दिन देवहरिया गाँउ वासिन्दाद्धारा तालिममा सम्मेलित सम्पुर्णलाई मातृभोजन गराएका छन् ।
आज छैठौ दिन संचालित उक्त कार्यक्रमका अतिथित्व श्री प्रताप बहादुर बुढा (हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय वौद्धिक प्रमुख) र श्री टेकराज पनेरु (हिन्दु स्वयंसेवक संघ नेपालका जिल्ला संचालक) गरेका थिए । आज भएको कार्यक्रममा उहाँहरुले देवहरिया गाँउ वासिन्दाहरुलाई मातृभोजन गराएकोमा धेरै–धेरै धन्यवाद व्यक्त गरेका थिए ।










