नरेश राना / कञ्चनपुर ६, असोज । कञ्चनपुर को लालझाडी गाउँपालिका मा १ गते आएको बाढीमा पुरै लालझाडी डुबान भई औषधी समेत नमिल्ने अवस्था रहेको थियाे । यस्ताे बिकराल अवस्थामा लाललालझाडीमा एउटा सामान्य सिटामोल को पनि अभाव रहेकाे थियाे ।
प्रकृितले जिउनु ना मर्नु बाँच्नु पारेकाे अवस्थामा लालझाडी का बासिन्दा का लागि आफू पनि लालझाडी को बासिन्दा भएकै हुँदा कलाकान्द कन्ट्रक्सन एण्ड सप्लार्स का प्रबन्धक निर्देशक भीम सेन राना को बुवा लच्छु राना ले लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना र प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिंह रावल लाई १,६४,१५७ एक लाख चौसठ्ठी हजार एक सय सत्ताउन बराबर को औषधि हस्तान्तरण गर्नु भएको छ।
लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना ले यस लालझाडी गाउँपालिका लाई सहयोग गर्ने मनकारी हात लाई बधाई तथा कन्ट्रक्सनको सफल कार्यकालको शुभकामना दिनु भएको थियो।







