नरेश राना/कञ्चनपुर, ०५ असाेज । कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं ३ पूर्णिमा आधारभूत विद्यालय बल्मीमा स्वास्थ कार्यलय कञ्चनपुरको आयोजकमा १ दिने बाढी पीडित लक्षित प्रजनन स्वस्थ शिविर सम्पन्न भएको छ। लालझाडी गाउँपालिकाको समन्वयमा भएको शिविरमा सभापति वार्ड न‌‍ ३ का वार्ड अध्यक्ष टीकाराम डगौरा रहनु भएकाे थियाे भने प्रमुख अतिथिमा लालझाडी गाउँपालिकाकी उपाध्यक्ष सपना चौधरी राना रहनु भएको थियो ।

शिविरमा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरका डाक्टर योगेश भट्ट, डाक्टर धीरज जोशी, डाक्टर निर्माण न्यौपाने रहेको शिविर मा २४७ जनाको चेकअप गरिएको थियो। शिविरमा निः शुल्क बिरामीहरूकाे चकेजच र निःशुल्क औषधि तथा स्वस्थ शिक्षा सम्न्धी परामर्श सेवा उपलब्ध गराउनु भएको थियो भनेर स्वस्थ शाखा उप-संयाेजक दशरत रानाले दिनु भयो ।