दिनेश राना/कैलाली, १ क्वाँर । कैलालीको धनगढी उपमहानगरपालिका वडा नं १० स्थित जुगेडा गाउँमा जुगेडा कप संयुक्त राना जनचेतना परिवार बाट आयोजित भलिबल प्रतियोगिता समापन भएको छ । भलिबल प्रतियोगिता भदौ २६ गते देखी शुरू भएको थियो । उक्त खेलमा २८ टीम को सहभागितामा आज असोज १ गते आज समापन भएको छ ।

उक्त प्रतियोगताको फाइनलमा खटिमा र जुगेडा को खेल हुँदा खेल मा उत्तराखण्ड भारत खटिमा को टिमले विजयी हासिल गरेको छ भने दोस्रो स्थान जुगेडा गाउँले हासिल गरेको छ । फाइनल खेल ५ राउन्डको थियो तर पहिलो ३ राउन्ड उत्तराखण्ड खटिमाले आफ्नो पक्षमा ल्याउँदा विजय हासिल गरेको थियो।

पुरस्कार वितरण कार्यक्रम का प्रमुख अतिथि नेपाल रानाथारु समाज का केन्द्रिय उपाध्यक्ष कमल सिंह राना रहुनु भएको थियो भने विशिष्ठ अतिथि धनगढी उपमहानगरपालिका वडा नं १० का वडा अध्यक्ष शिव कुमार राना लगायात का अतिथि र गाउँलेहरुको उपस्थिति रहेको थियो ।

खेलको लागि पूर्व वन तथा वातावरण मन्त्री माननीय नारद मुनि रानाले १ लाख रुपैयाँ दिएर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उक्त रकम माननीय नारद नुमी राना ले आफ्नै खल्तीबाट सहयोग गर्ने कुरा संयुक्त राना जनचेतना परिवारका अध्यक्ष रवि रानाले जनाएका छन् ।

आज को कार्यक्रम मा विभिन्न झाँक्री, नाच, गान रहेको थियो तर ३० गते देखि पानी परे को हुनाले सो गर्न नसकेकोमा छेमा प्राप्ति भने संयुक्त राना जनचेतना परिवारका संयोजक भगीरथ राना ले मागेको छन् ।