नरेश राना/कञ्चनपुर, ३१ भदाै । कञ्चनपुरको लालझाडी गाउँपालिका मा सुदूपश्चिमाञ्चम प्रदेश कार्यलय धनगढी बिमा समिती को आयोजना मा बिमा सम्बन्धी आज १ दिने लालझाडी गाउँपालिका वार्ड नं २ को वार्ड कार्यलय मा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम मा सभापति बिमा प्रदेश कार्यलय प्रमुख ओम बहादुर अधिकारी रहनु भएको थियो भने प्रमुख अतिथि वार्ड नं २ को वार्ड अधयक्ष आशाराम राना रहनु भएको थियो। यसै गरी विशिष्ठ अतिथि लालझाडी गाउँपालिका का शिक्षा शाखा प्रमुख सिद्ध राज भट्ट रहनु भएको थियो।
कार्यक्रम मा लालझाडी गाउँपालिका का कृषि समूह, कृषि सहकारी, तथा गाउँपालिका कर्मचारी र जनप्रतिनिधि हरुको सहभागिता रहेको थियो । कार्यक्रम मा सभापति अधिकारी ले बिमा सम्बन्धी सम्पूर्ण उपस्थिति सँग अन्तर्क्रिया गरी छलफल गरियो ।
बिमा बाट हुने फाइदा महत्व को बारेमा बिमा कम्पनी को काम कर्तव्य अधिकार को बारेमा जानकारी गराई सो कार्यक्रमलाई प्रमुख अतिथिले यो बिमा सम्बन्धी जानकारी लिनु परे सम्पर्क गराउनु भनी जानकारी गराउँदै कार्यक्रम सम्पन्न गरेका थिए। कार्यक्रम बिमा समितिका सहनिर्देशक दीपक ज्ञवालीले संचालन गर्नुभएको थियो ।









